काठमाण्डौ, १५ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
दोस्रो सेमिफाइनलको लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने योजनामा हुनेछ । दुई उपाधि दाबेदार टिम जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा एपीएफसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ ।
प्रतियोगितामा दुबै टिम निकै बलियो देखिएको छ । समूह चरणमा दुबै टिमले उत्कृष्ट खेलेका थिए । समूह ‘बी’ को बागमती ४ खेलमा ७ अङ्क जोडेर समूह विजेता बनेको हो । आर्मी ६ अङ्क जोडेर समूह ‘ए’ को उपविजेता बनेको थियो । प्रतियोगिताको विजेताले १० लाख पाउने छ । यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।