Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

लालपुर्जा वितरणका लागि दाङको बबईमा जग्गा नाप शुरु 

लालपुर्जा वितरणका लागि दाङको बबईमा जग्गा नाप शुरु 

images

सिआईएन

१५, माघ २०७७
लालपुर्जा वितरणका लागि दाङको बबईमा जग्गा नाप शुरु 
images

जीतसागर जी.एम., दाङ, १५ माघ । भूमिहिन दलित सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि दाङको बबई गाउँपालिकाले जग्गा नाप नक्साङ्कनको काम शुरु गरेको छ । गाउँपालिकाले हिजो वडा नम्बर ५ को रिमखोलीबाट जग्गा नापको काम शुभारम्भ गरेको हो । 
गाउँपालिकाले वडा नम्बर पाँचका दोलख डाँगीको जग्गाका नाप गरेर नाप नक्साङ्कनको काम शुरुवात गरेको छ । भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि गाउँपालिकाले दोस्रो चरणमा नाप नक्साङ्को काम शुरु गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । जग्गा नाप नक्साङ्कन गर्ने स्थानीय तहमा देशभरमै बबई गाउँपालिका अघि रहेको र लालपुर्जा वितरणको काम पनि सबैभन्दा पहिले गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । 
गाउँपालिकाले सात वटै वडामा तीन महिनाभित्र जग्गा नापको कामलाई सक्ने गरि काम अघि बढाएको अध्यक्ष पौडेलले बताउनुभयो । जग्गा नाप नक्साङ्कनपछिमात्रै लालपुर्जा वितरणको काम ३५ दिनभित्र हुने पौडेलले बताउनुभयो । गाउँपालिकामा भूमीहीन सुकुमबासी तथा अव्यस्थित बसोबासी ४ हजार बढी रहेको भूमि समस्या समाधान आयोग बबई गाउँपालिका इकाई प्रमुख चन्द्रबहादुर वलीले बताउनुभयो । 
उहाँका अनुसार वडा नम्बर १ मा ८ सय १५, वडा नम्बर २ मा ५ सय१३, वडा नम्बर ३ मा ३ सय९७, वडा नम्बर ४ मा ५ सय ७५, वडा नम्बर ५ मा ८ सय ५ वडा नम्बर ६ मा ५ सय ७१ र वडा नम्बर ७ मा ७ सय ८४ भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासी रहेका छन् । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १०:०५:३८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology