भरतपुर । अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले शान्तिपूर्ण प्रदर्शन कार्यक्रम सोमबार भरतपुरको चौबिसकोठिमा सम्पन्न गरेको छ ।
शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतको अध्यक्षतामा सम्पन्न सो प्रदर्शन कार्यक्रममा शान्ति समाज चितवन शाखाका सल्लाहकार शिक्षाविद् प्रकाश अधिकारीले शान्ति र अहिंसा को बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, पुर्व शाखा सभापति अनन्त ढुंगाना , शाखा सहसचिव संसारचन्द्र न्यौपाने, कोषाध्यक्ष तारा पौडेल, कार्यसमिति सदस्य सुशील राना, झलकप्रसाद अधिकारी , राजेन्द्रप्रसाद वाग्ले , सुप्रिया सापकोटा , ताराकुमारी परियार ,आजिवन सदस्य पुर्णचन्द्र चापागाईं , सुमि गौतम , ऋषिराम खनिया , विश्वराज ढुंगाना, माया पोख्रेल, ज्ञानेन्द्र पोख्रेल, रुविसा कोइराला, श्याम दुरा, दामोदर देवकोटा, सुवर्णकुमार रेग्मी , लक्ष्मिकान्त आचार्य लगायतका अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सो प्रदर्शन कार्यक्रमको सहजिकरण शाखा सचिव जीवन केसीले गरेका थिए ।