Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई

नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई

इच्छाकामना न्युज

१५, आश्विन २०८०
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
images

पोखरा । युएनडिपि नेपाल तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनर नेपाल र टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युटद्वारा काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय पर्यटन सम्मेलनमा आयोजित विभिन्न विधासँग सम्बन्धित प्रतियोगितामा पोखरा–१७, विरौटामा अवस्थित बालोदय माध्यमिक विद्यालयले नेशनल च्याम्पियनको उपाधि हात पारेको छ ।

images
images

उक्त सम्मेलनमा साँस्कृतिक नृत्य प्रतियोगिता, पर्यटन सम्बन्धी रिसर्च रिपोर्ट र पावर पोइन्ट प्रेजेन्टेशन कम्पिटिशन तथा ट्राभल फोटो कन्टेस्टका तीन वटै विधाहरुमा बालोदय माध्यमिक विद्यालयका विद्यार्र्थीहरुले सर्वोत्कृष्ट प्रस्तुति गरी न्याशनल च्याम्पियन बन्न सफल भएका हुन ।

साँस्कृतिक नृत्य प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू प्रेणा गुरुङ, स्नेहा पुन, एन्जिला गुरुङ, दक्षिणा बराल, नवराज गुरुङ र विजय चालिसेले प्रथम स्थान हासिल गर्न सफल भएका छन भने पर्यटन थिममा तयार पारिएको रिसर्च रिपोर्ट र पावरपोइन्ट प्रेजेन्टेशन कम्पिटिशन कक्षा ११ का विद्यार्र्थीद्वय दक्षिणा बराल र विजय चालिसेले जितेका छन ।

प्रतियोगिताका विजयी विद्यार्र्थीहरू एवम् विद्यालयलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । पावरपोइन्ट प्रेजेन्टेशन कम्पिटिशनकी विजयी छात्रा दक्षिणा बराल आगामी नोभेम्बर महिनामा दुबईमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएकी छन ।

यसै गरी कार्यक्रमको अर्को विधा जिटिटिपि ट्राभल फोटो कन्टेस्टमा कक्षा १२ मा अध्ययनरत छात्रा मेनुका विकले प्रथम पुरस्कार एक सय अमेरिकी डलर सहित मेडल र प्रमाणपत्र प्राप्त गरेकी छन । उनले खिचेको फोटो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत छनौट भएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय टुरिजम स्पेसलिष्ट लिजा चोग्याललाई विशेष सल्लाहाकारमा चयन गरिएको थियो भने पर्यटन अभियन्ता सचिन न्यौपाने तथा सिर्जना ओलीलाई टुरिजम युथ एम्बेस्टर, गत वर्षकी कन्फरेन्सकी विजेता अर्पना भण्डारी र गायिका रोजा फुयाललाई टुरिजम स्टुडेन्ट एम्बेस्टर घोषणा गरिएको थियो ।

साथै मधेस प्रदेशको कला, सँस्कृति र पर्यावरणको क्षेत्रमा योगदान गर्नुभएका देव नारायण मण्डललाई सम्मान गर्दै गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको टुरिजम क्लबलाई वेस्ट टुरिजम क्लब र गठ्ठाघरको ग्लोबल पाठशालाको टुरिजम क्लबलाई एक्टिभ टुरिजम क्लब अवार्डबाट सम्मान गरिएको थियो ।

रसियन कल्चर सेन्टर, काठमाडौमा संचालित उक्त सम्मेलनमा प्रमुख अतिथि पुर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले समृद्धीको आधार पर्यटन हुन सक्ने विषयलाई थप स्पष्ट पारेका थिए ।

त्यसै गरी टुरिजम बोर्डका निर्देशक मणिराम लामिछानेले पर्यटन सचेतना र पर्यटनको महत्वका बारेमा प्रकाश पारेका थिए भने टिआरटिआईका अध्यक्ष मदन कुमार बरालले पर्यटन क्लबको महत्वको विषयमा चर्चा गर्दै गत वर्ष टुरिजम बोर्ड, युएनडिपि र एसटिएलआरपिको सहयोगमा देशभरमा १८ वटा टुरिजम क्लब गठन गरेको एवम् यो वर्ष १०० वटा नेशनल सस्टेनेवल टुरिजम क्लबको गठन गरिरहेको जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - १९:५९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology