Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

शहीद तथा बेपत्ता पारिएका लगायतको अभिलेख सङ्कलन गर्न समिति गठन 

शहीद तथा बेपत्ता पारिएका लगायतको अभिलेख सङ्कलन गर्न समिति गठन 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
शहीद तथा बेपत्ता पारिएका लगायतको अभिलेख सङ्कलन गर्न समिति गठन 
images

काठमाण्डौ, १५ माघ । सरकारले शहीद तथा बेपत्ता पारिएका लगायतको अभिलेख सङ्कलन गर्न समिति गठन गरेको छ । नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि ज्यान गुमाएका शहीद तथा बेपत्ता पारिएका लगायतको अभिलेख सङ्कलन गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको हो । 
गत माघ ११ गते आइतबार मन्त्रिपरिषद् बैठकको निर्णयबाट गठित उक्त समितिमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे पनि रहनु भएको छ । 
उक्त समितिले “नेपालमा अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने” र सरकारका तर्फबाट परिचयपत्र उपलब्ध गराउने जनाइएको छ। उक्त समितिले आगामी बैठकमा प्रस्ताव पेश गर्ने जनाइएको छ। 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०९:५१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology