Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बौद्धधर्म सेवा समितिद्वारा समाजसेवी कृष्णबहादुर गुरूङ सम्मानित

बौद्धधर्म सेवा समितिद्वारा समाजसेवी कृष्णबहादुर गुरूङ सम्मानित

images

इच्छाकामना न्युज

१४, आश्विन २०८०
बौद्धधर्म सेवा समितिद्वारा समाजसेवी कृष्णबहादुर गुरूङ सम्मानित
images

चितवन । समाजसेवी एवम् व्यवसायी कृष्णबहादुर गुरूङलाई बौद्धधर्म सेवा समिति चितवन (महाबौद्ध गुम्बा)ले सम्मान गरेको छ। समितिको १६औँ साधारणसभाका क्रममा शनिबार सम्मान गरिएको हो। समितिका पूर्वसल्लाहकार एवम् तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष चन्द्रमान गुरूङले उनलाई सम्मान गरेका हुन्। 

केही समयअघि बिरामी परेका धर्मगुरू न्हर्बु गुरूङको उपचारको लागि सामाजिक सञ्जालमार्फत रकम संकलन गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बौद्ध धर्म सेवा समिति चितवनका अध्यक्ष विकाश गुरूङले जानकारी दिए। 

तमू ह्युल छोँज धीँ चितवनका वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका कृष्णबहादुर गुरूङले फेसबुकमा अभियान चलाएरै सात लाख ४७ हजार ९७४ रूपैयाँ रकम संकलन गरिदिएका थिए। सोही रकमबाट उपचार गरेपछि धर्मगुरूले नयाँ जीवन पाएको भन्दै प्रोत्साहनस्वरूप रकम संकलक कृष्णबहादुर गुरूङलाई सम्मान गरिएको अधयक्ष गुरूङले बताए। 

साधारणसभामा समितिका सचिव दलबहादुर गुरूङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरिभक्त गुरूङ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा विपश्यना गुरू अक्कलध्वज गुरूङ, बौद्धधर्म सेवा समिति चितवनका पूर्वअध्यक्षहरू देवेन्द्र गुरूङ र रामकृष्ण गुरूङ, तमू ह्युल छोँज धीँकी सचिव मीना गुरूङलगायतले मन्तव्य दिएका थिए। कार्यक्रम समितिका अध्यक्ष विकाश गुरूङको अध्यक्षतामा सम्पन्न भएको हो।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २०:२१:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology