Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदै 

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदै 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदै 
images

काठमाण्डौ, १५ माघ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले यो मुद्दाको निरन्तर सुनुवाइ गरिरहेको छ । 
आजको सुनुवाइमा इजलासले वकिलहरूलाई बहसका लागि समय तोकिदिने छ । यसबारे जानकारी हिजोको बहस सकिएपछि प्रधानन्यायाधीश जबराले गराइसक्नु भएको छ । बहसमा नसमेटिएका विषय लिखत बहसनोटमा उपलब्ध गराउन उनको सुझाव छ । करिब तीन सयजना कानुन व्यवसायीको वकालतनामा भए पनि दैनिक दुई र तीन जनाले बहस गर्ने गरेका छन् । सोमबारदेखि हिजोसम्म ६ जनाले मात्र बहस सकेका छन् । निवेदक देव गुरुङ पक्षका मात्र ६६ कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् । तर, तीन दिनमा जम्मा ६ जनाले बहस सकेका छन् । 
वकिलले बढी समय लिन थालेपछि हिजो अन्तिममा राणाले समयको ख्याल गर्न भनेर सुझाव दिनुभएको थियो । १३ वटा रिट निवेदनमा बहसका लागि करिब तीन सय जनाले वकालतनामा बुझाएको र फैसला आउन ढिलाइ हुने भन्दै प्रधानन्यायाधीश जबराले विषय नदोहो¥याइ छोटो बहस गर्न बारम्बार वकिलहरूको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०९:४१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology