Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

पहिलो दिन नेपालमा झन्डै ९ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप 

पहिलो दिन नेपालमा झन्डै ९ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप 

images

इच्छाकामना न्युज

१५, माघ २०७७
पहिलो दिन नेपालमा झन्डै ९ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप 
images

काठमाण्डौ, १५ माघ । नेपालमा खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोना विरूद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरू मार्फत् ९ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।
जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय ५५, प्रदेश नम्बर २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म खोप लगाएकाहरुमा कुनैपनि नकारात्मक प्रभाव देखिएको छैन । 
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै नेपालमा खोप लगाउन सुरू गरिएको हो। सरकारले भारतबाट अनुदानमा पाएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ।

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - ०९:३२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology