Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

एमाले बागमतीको अध्यक्षमा चितवनका कृष्णभक्त पोखरेललाई उठाउने तयारीमा ओली

एमाले बागमतीको अध्यक्षमा चितवनका कृष्णभक्त पोखरेललाई उठाउने तयारीमा ओली

images

इच्छाकामना न्युज

८, आश्विन २०८०
एमाले बागमतीको अध्यक्षमा चितवनका कृष्णभक्त पोखरेललाई उठाउने तयारीमा ओली
images

काठमाडौँ । नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई भेट्न व्यवस्त छन् । यत्ता अध्यक्षका आकाङ्क्षीमा पूर्व सांसद कृष्णभक्त पोखरेलको पनि ‘इन्ट्री’ भएको छ ।

यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए । नुवाकोटका पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् । त्यस्तै श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकाङ्क्षा देखाए पनि उनी पछिल्ला दिनमा रिङ आउट भइसकेकी छन् ।

एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला पोखरेलको एकाएक इन्ट्री भएको हो । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र दाहालले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताएका छन् ।

‘सहमति भए भैहाल्छ नभए चुनावबाट टुङ्गिन्छ’, दाहालले भने, ‘केन्द्रीय सदस्यबाहेकबाट नेतृत्व चयन गरौँ भन्दा पनि मेरो आपत्ति छैन’, दाहालको भनाइ छ ।

आफू अध्यक्षको आकाङ्क्षी रहेको पोखरेलले स्वीकार गरे । ‘अहिले नै भन्दा हतार होला । तर साथीभाइहरूसँग सरसल्लाह गर्दा तपाई प्रदेश कमिटीको अध्यक्षमा उठ्नुस् भन्ने नै धेरैको सुझाव पाएँ, त्यसैले साथीभाइको यो सुझावका आधारमा अघि बढ्न खोज्दैछु’, पोखरेलले भने ।

यसअघि एमाले नेतृत्वले ढुंगेल, श्रेष्ठ, दाहाल र पाण्डेबीचमा सहमतिको प्रयास गरेको थियो । तर त्यो प्रयास सफल हुने नदेखिएपछि सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले समेत ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान भेटेका पोखरेलले त्यसपछि दिनभर एमाले पार्टी कार्यालय च्यासलमा आफू निकटका नेता, कार्यकर्ता र केन्द्रीय नेताहरूसँग भेटघाट र छलफल गरेका थिए ।

‘कृष्णभक्त २ पटक संघीय सांसद, जिल्ला अध्यक्ष र कानुन समितिको सभापति भएर जिम्मेवारी निर्वाह गरेका छन् । उनीमा अहिलेसम्म कुनै दाग समेत लागेको छैन । उनको नाममा सर्वसम्मतिको प्रयास गर्ने पक्षमा ओली देखिएका छन् । यदि सर्वसम्मत भएन र मतदान नै भयो भने पनि कृष्णभक्तलाई प्रतिनिधिले साथ दिने नेतृत्वको विश्वास रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - १३:२२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology