भरतपुर । गायकम तथा गीतकार हिरन थापाको ‘लाहुरे’ बोलको कौराह गीत सार्वजनीक भएको छ ।
नवलपरासीको गौंडाकोटमा जन्मीएका थापाले गण्डकी प्रदेश सहितका जिल्लाहरुमा बज्ने कौराह गीत बजारमा ल्याएका हुन् । हिरन थापा र संगीता सुनारको स्वर रहेकोे गीतमा थापाकै शब्द र निर्देशन रहेको छ। दिलसिंह सुस्लिङ मगरको संगीत रहेको गीतलाई गाउँले परिवेशमा छाँयाकन गरिएको छ । गीतको म्युजिक भिडियोमा वीरेन्द्र थापा मगर (लाहुरे), संगिता सुनार, सुमन थापा, रेजिना मगर, सजिना गुरुङ, निशा मगरलाई देख्न सकिन्छ। मनोज लामाले कोरियोग्राफर गरेको गीतालाई सुरज इन्टरटेनमेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको छ।
सप्तगण्डकी कलेजमा पत्रकारिता विषय आध्यन गरेका थापाको ‘हे कन्छी’ र ‘दशैं आयो’ गीत बजारमा ल्याएका थिए । उनले लेखेका एक दर्जन बढी गीतहरु बजारमा आईसकेका छन् । लाहुरे बोलको कौराह गीतमा प्रेम, माया र विश्वास देखिन्छ । जहाँ छुटिमा आएको लाहुरे र गाउँले युवतीको प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ। थापा पुरानो नेपाली कला,संस्कृती र पहिचान झल्कने नयाँ गीतको तयारीमा आफू रहेको समेत बताएका छन् ।