Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तक बिमोचन

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तक बिमोचन

images

इच्छाकामना न्युज

४, आश्विन २०८०
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तक बिमोचन
images

काठमाण्डौ । प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको बिमोचन भएको छ । प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर वुधवार पुस्तकको बिमोचन गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको बिमोचन गरेका हुन् ।

प्रथम शहीद लखन थापा मगर स्मृती प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा समावेश सामग्रीहरुको संकलन र सम्पादन जीवन आले मगरले गरेका हुन् । उनका अनुसार उक्त पुस्तकमा चार खण्ड रहेका छन् । खण्ड ‘क’ मा शहीद लखन थापाको समसामयिक सन्दर्भका सामग्रीहरु उल्लेख गरिएको छ ।

खण्ड ‘ख’ मा इतिहासकारहरुले आफ्नो पुस्तकहरुमा लखन थापाले आन्दोलनमा निर्वाह गरेको भूमिका र योगदानको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको बताइएको छ । खण्ड ‘ग’ मा जीवनी पुस्तकमा लखन थापाको बारेमा समेटिएका बिषयवस्तु र खण्ड ‘घ’ मा खोजअनुसन्धानकर्ता र लेखकहरुले आफ्नो लेखहरुमा थापाको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको छ । लखन थापाको समग्र अध्ययन र जानकारीका लागी उक्त पुस्तक उपयोगी हुने बताइएको छ ।

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा लखन थापालाई परिचित र सम्मानित गराउन भूमिका खेल्ने गोरखाका तीनसहित १८ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा रुलबहादुर आले, चिरञ्जीवी वाग्ले, चीनकाजी श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, सुरेश आले मगर, अमरसिंह पुन, शिवलाल थापा मगर, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, बाबुराम सिंह थापा क्षेत्री, त्रिलोक सिंह थापा मगर र डा. हर्षबहादुर बुढा मगर रहेका छन् । त्यस्तै इतिहासकार प्रा.डा. तुल्सीराम वैद्य, चित्रकार टेकबीर मुखिया, गोरे बहादुर खपाङ्गी, क्याप्टेन यमबहादुर बुढाथोकी, लखन थापाका सन्तति बिनोद थापा मगर, क्रिपासुर शेर्पा, उच्च अदालत धनकुटाका न्यायाधीश रामबहादुर थापा पनि सम्मानित भएका छन् । सँगै नेपाल मगर संघलाई पनि सम्मान गरिएको छ । कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमकै अवसरमा प्रतिष्ठानले सात बुदेँ मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाएको छ । लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, थापासँगै मारिएका अन्य ६ जनालाई पनि शहीद घोषणा गर्नुपर्ने, थापाले शहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय दिवसको रुपमा मनाइनुपर्ने र थापाको प्रेरणामूलक जीवनी विद्यालय र विश्व बिद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

बुंकोटमा रहेको बिद्रोही किल्लाको उत्खनन र त्यहाँ रहेका पुरातात्विक सामग्रीहरुको सम्वद्र्धन र विकासका लागि आवश्यक योजना र बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । प्रथम शहीदको नाममा संग्रहालयको निर्माण, राष्ट्रिय सम्मान तथा बिभूषणको घोषणा र आर्थिक सामाजिक पूर्वाधारहरुको निर्माण गरी प्रथम शहीदलाई आम रुपमा परिचित गराई सम्मानको वातावरण निर्माण गर्नुपर्ने उनीहरुको माग छ । लखन थापाको नाममा सरकारी प्रतिष्ठानको निर्माण गरी अध्ययन अनुसन्धान तथा तथ्य प्रमाणको दस्तावेजीकरण गर्ने व्यवस्था मिलाउन समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०८:५५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology