धादिङ । धादिङको गजुरी गाउँपालिकामा एसिड प्रहारबाट २ जना घाईते भएका छन् । उक्त गाउँपालिकाको मलेखु स्थित प्रविण वि.क.ले संचालन गरेको भद्रकाली सुन चाँदी पसलमा विवाद हुँदा एसिड प्रहारबाट बेनिघाट रोराङ गाउँपालिका ३ रातमाटा बस्ने बर्ष १८ को दिपेश क्षेत्री र कात्राक बस्ने बर्ष ६३ को डम्बर बहादुर पुलामी घाईते भएका हुन् ।
प्रविण बि.क. ले आफ्नै सुनचाँदि पसलमा रहेको एसिड निकाली प्रहार गर्दा क्षेत्रीको शरिरको विभिन्न भागमा र पुलामीको अनुहार र शरिरमा एसिड लागेको हो । उनिहरु दुबैको मलेखु टिचिङ अस्पताल उपचार भैरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । एसिड प्रहार गर्ने वि.क. प्रहरी नियन्त्रणमा रहेका छन् ।