Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

माडी कुसुमखोलाका घर टहरा निकुञ्जले फेरी भत्कायो

माडी कुसुमखोलाका घर टहरा निकुञ्जले फेरी भत्कायो

images

इच्छाकामना न्युज

२, आश्विन २०८०
माडी कुसुमखोलाका घर टहरा निकुञ्जले फेरी भत्कायो
images

चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका वडा नम्बर ९ स्थित कुसुमखोलामा बनाइएका घर टहरा भत्काएको छ । मध्यवर्ती क्षेत्रको जंगल क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरा भत्काएको हो ।

मंगलबार दिउँसो निकुञ्ज प्रशासनले हात्ती र सेनाको प्रयोग गरी २० वटा कच्ची घरहरु भत्काएको हो । निकुञ्जले यसअघि पनि कुसुमखोला क्षेत्रमा घरटहरा भत्काउने काम गरेको थियो । सर्वोच्चको अदालतका काजीमान चेपाङको घर भने निकुञ्जले भत्काउन सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यसअघि १ सय ६० घर मध्ये १ सय ५९ घरहरु स्थानान्तरण भइसकेका छन् । तर, स्थानान्तरण भएका मानिसहरुपनि पुनः गएर घर बनाउन थालेपछि निकुञ्जले हात्ती लगेर भत्काएको हो ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - २२:४९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology