Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सानो छँदा पढ्न नपाएका दाङका ग्रामिण क्षेत्रका महिला अनौपचारिक प्रौढ विद्यालयमा पढ्दै 

सानो छँदा पढ्न नपाएका दाङका ग्रामिण क्षेत्रका महिला अनौपचारिक प्रौढ विद्यालयमा पढ्दै 

इच्छाकामना न्युज

१४, माघ २०७७
सानो छँदा पढ्न नपाएका दाङका ग्रामिण क्षेत्रका महिला अनौपचारिक प्रौढ विद्यालयमा पढ्दै 
images

चन्द्रप्रकाश नेपाली, दाङ, १४ माघ ।  सूचना र प्रविधीको विकास हुँदै गर्दा, नपढ्नेहरुले पढाईको महत्व बुझ्न थालेका छन् । सानो छँदा पढ्न नपाएका दाङ घोराहीका ग्रामिण क्षेत्रका महिला अचेल अनौपचारिक प्रौढ विद्यालय जान्छन् र पढ्छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १८ रझेनाको चेतना अनौपचारिक प्रौढ विद्यालयमा महिलाहरु यसैगरी पढ्छन् । वि. सं. २०६६ सालदेखी सञ्चालनमा रहेको विद्यालयमा हालसम्म २ हजार ६ सय महिलाले कक्षा सातसम्म पढेका छन् । 
विद्यालय आउन थाले देखि जीवनमा थुप्रै परिवर्तन आएको कक्षा २ मा पढ्दै गर्नु भएका घोराही १५ का ५० वर्षिया मिना शर्मा चौधरी बताउनुहुन्छ । घरधन्दा सकेर पढ्न सजिलो नभएपनि समय मिलाएर महिलाहरु विद्यालय जाने गरेका छन् । पौढ उमेरका महिलाहरुले पढ्ने जाँगर देखाउनु सकरात्मक रहेको र आमाहरु शिक्षित हुँदा समूदायमा राम्रो प्रभाव पर्ने बताउनुहुन्छ, अनौपचारिक प्रौढ विद्यालयका प्रधानाध्यापक सुमित्रा पन्थि सुवेदी ।
विद्यालयमा अहिलेसम्म अध्ययन गरेका मध्य ५ जनाले एसईई पास गरेका छन् । २ जना त जागिरे पनि बनेका छन् । महिलाहरु विद्यालयमा पुगेर आफ्नो नाम आफै लेख्न सक्ने मात्रै होईन विभिन्न पुस्तकहरु पढेर बौद्धिकता विकास गर्न सक्ने भएका छन् । घरको आर्थिक अवस्था कमजोर भएपनि धेरै पढ्ने सपना रहेको कक्षा ३ मा पढ्दै गर्नुभएका ४३ वर्षिया घोराही १६ का झुमा गुरुङले बताउनुभयो । प्रत्येक वर्ष महिलाहरु निकै उत्साहित भएर नयाँ भर्नाका लागि विद्यालय पुग्ने गरेका थिए । यसवर्ष कोरोनाका कारण धेरै महिलाहरुले घरमै बसेर पढिरहेका छन् । 

images
images

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १८:१७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology