Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको बहस लामो भएको भन्दै समय निर्धारण 

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको बहस लामो भएको भन्दै समय निर्धारण 

images

इच्छाकामना न्युज

१४, माघ २०७७
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको बहस लामो भएको भन्दै समय निर्धारण 
images

काठमाण्डौ, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा भइरहेको बहस लामो भएको भन्दै समय निर्धारण गर्नुभएको छ । विघटित प्रतिनिधिसभाका सांसदहरू देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट वकालत गर्न आएका कानुन व्यवसायीहरूलाई १० देखि १५ मिनेटभन्दा बढी समय दिन नसकिने प्रधानन्यायाधीश जबराले बताउनुभयो । तीन दिनयता गुरुङको मुद्दामा सुनुवाइ हुँदा पनि नसकिएपछि प्रधानन्यायाधीशले थप लामो समय दिन नसकिने बताउनुभएको हो ।  
तीन दिनमा गुरुङको रिट निवेदन माथिको सुनुवाइमा ६ जना कानुन व्यवसायीले मात्रै बहस गरेका छन् । इजलासले भने लामो समय लगाउँदा आफूमाथि मुद्दा लम्ब्याएको भनेर बाहिर चर्चा हुने लागेको भन्दै लामो समय दिन नसकिने बताएको हो ।  प्रधानन्यायाधीश जबराले ढिलो न्याय दिनु भनेको न्याय नदिनु हो भने झैं हुने भएकाले आफै महसुस गरेर छोटो गर्न आग्रह गर्नुभएको हो । गरुङ भन्दा पछि पनि ५ वटा रिट निवेदन रहेको र उनीहरूलाई पनि समय दिनैपर्ने भएकाले मुद्दा लम्बिने जबराले बताउनुभयो  ।  
गुरुङ लगायतका निवेदकका कानुन व्यवसायीहरूले भने शुक्रबार सम्म समय दिन आग्रह गरेका छन् ।  पछिल्लो तीन दिनमा गुरुङका तर्फबाट अधिवक्ता मेघराज पोखरेल, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, शम्भु थापा, शेरबहादुर केसी, युवराज संग्रौला र हरिहर दाहालले बहस गरेका छन् । 

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १८:१२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology