Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शान्ति समाज चितवनको २६औंँ साधारण सभा सम्पन्न

शान्ति समाज चितवनको २६औंँ साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

३१, भाद्र २०८०
शान्ति समाज चितवनको २६औंँ साधारण सभा सम्पन्न
images

भरतपुर । मानवअधिकार तथा शान्ति समाज चितवनले शनिबार २६औंँ साधारण सभा सम्पन्न गरेको छ । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बरालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

चितवन शाखाका उपसभापति भवानी अधिकारीले स्वागत मन्तव्य राखेको सभामा शाखाका सचिव जीवन केसीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तारा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, शान्ति समाज चितवनका संस्थापक अध्यक्ष दिलबहादुर बोगटी, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, नवलपुर शाखाका अध्यक्ष भानु रिमाल, पूर्वकेन्द्रीय सचिव बाबुहरि आचार्य, मानवअधिकारकर्मी विनोदखण्ड तिमिल्सिना, शान्ति समाज चितवनका वरिष्ठ सल्लाहकार एवम् शिक्षाविद् प्रकाश अधिकारीलगायतले बोलेका थिए ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १०:५१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology