Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तीन महिना भित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने 

तीन महिना भित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने 

images

इच्छाकामना न्युज

१४, माघ २०७७
तीन महिना भित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने 
images

काठमाण्डौ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने बताउनुभएको छ । कोरोना भाइरस विरूद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने बताउनुभएको हो । 
सरकारले प्राथमिकताका आधारमा निःशुल्क रुपमा खोप उपलब्ध गराउने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ, प्रधानमनत्रीले भन्नुभयो । भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उहाँले धन्यवाद पनि व्यक्त गर्नुभयो । कोरोना महामारीमा खटिएका सबैको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले  आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि आग्रह गर्नुभयो । 
नेपालमा आजबाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । खोप पहिलो चरणको अभियानमा सफाइ कर्मचारी, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, डाक्टर, सुरक्षाकर्मी, कैदी बन्दी गरी झन्डै ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप लगाउने तयारी गरेको छ । कोरोना विरुद्धको खोपका लागि देशभर १ सय २० वटा खोप केन्द्र बनाइएको छ । एउटा खोप बुथले एक दिनमा १ सय २० देखि १ सय २५ जनालाई खोप दिनसक्ने बताइएको छ । 
यसैबीच, प्रधानमन्त्री ओलीकोरोना खोप कार्यक्रम निरीक्षण गर्न उपत्यकाका विभिन्न अस्ताल पुग्नुभएको छ । प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गर्नुभएको छ । 

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १८:०७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology