Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

जुम्लामा आगलागी हुँदा ३० घर जलेर नष्ट

जुम्लामा आगलागी हुँदा ३० घर जलेर नष्ट

images

इच्छाकामना न्युज

१४, माघ २०७७
जुम्लामा आगलागी हुँदा ३० घर जलेर नष्ट
images

जुम्ला, १४ माघ ।
जुम्लाको गोठी गाउँमा आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराति आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले जानकारी दिनुभयो । 
आगलागिमा पशु चौपाया पनि जलेर मरेका छन् ।

सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको थियो । चौलागाईंका अनुसार आगलागी भएको गाउँतर्फ प्रहरीको टोली गइसकेको छ । 
आगलागीमा के कति क्षति भएको छ भन्ने यकिन विवरण आउन बाँकी रहेको र घटनास्थलतर्फ नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ । 

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - ०८:५६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology