Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

पूर्व सभामुख सुवास नेम्वाङको आज अन्तिम संस्कार गरिँदै, देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाईने

पूर्व सभामुख सुवास नेम्वाङको आज अन्तिम संस्कार गरिँदै, देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाईने

images

इच्छाकामना न्युज

२८, भाद्र २०८०
पूर्व सभामुख सुवास नेम्वाङको आज अन्तिम संस्कार गरिँदै, देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाईने
images

काठमाडौं । मंगलबार निधन भएका संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) अन्त्येष्टि गरिँदैछ। बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्तिम संस्कार गरिने नेकपा एमालेका सचिव गगन विष्टले जानकारी दिएका छन्। 

नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोदेखि उनको निजी निवास बालुवाटारमा राखिएको छ। बालुवाटारबाट शवयात्रा निकालेर पशुपति आर्यघाटमा पुर्‍याएर नेम्वाङको अन्तिम संस्कार गरिने विष्टले जानकारी दिएका छन्। 

घरमा अचेत अवस्थामा फेला परेका भनिएको नेम्वाङलाई मंगलबार बिहान १:५० त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउने बेला नेम्वाङ जीवित रहेको कुनै संकेत नदिएको चिकित्सकले बताएका छन्। 

सीपीआर गरेर मुटुको घड्कन फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएपछि चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको शव मंगलबार र बुधबार दिउँसोसम्म नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको थियो। 

च्यासलमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरु, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति, उच्चपदस्थ अधिकारी, पार्टीका नेता तथा कार्यकर्ता र सुभेच्छुकले नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए। 

बुधबार दिउँसो नेम्वाङको पार्थीव शरीर बालुवाटार ल्याइएको थियो। बालुवाटारबाट नै बिहीबार बिहान शवयात्रा सुरु हुने एमाले सचिव विष्टले जानकारी दिएका छन्। 

नेम्वाङको शवयात्रा बालुवाटार सुरु भएर शिक्षण अस्पताल हुँदै महाराजगञ्जको नारायणगोपाल चोक निकालिनेछ। नारायणगोपाल चोकबाट धुम्बाराही, चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट लगिनेछ।  

नेम्वाङको शवयात्राका कारण बिहीबार बिहान (कार्यालय समय)मा काठमाडौंको महाराजगञ्ज र बालुवाटार क्षेत्रको सवारी आवागमन प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। 

नेम्वाङको अन्तिम संस्कार हुने दिन बिहीबार सरकारले देशभर शोक बिदा दिएको छ। नेम्वाङको निधनको शोकमा बिहीबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोग र दूताबासहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। 

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०७:५५:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology