गण्डकी, १३ माघ ।
रुखबाट लडेर घाइते भएका गोरखाको गण्डकी गाउँपालिका वडा न १ मकैसिं कोलडाँडा निवासी वर्ष ३५ की हीरा चेपाङको उपचारका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक सहायता स्वरुप गाउँपालिकाका अध्यक्ष होम बहादुर राना र उपाध्यक्ष ललिता अधिकारीले आज (मंगलबार) रु १ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
हीरा चेपाङ घाँस काट्ने क्रममा रुखबाट खसी मेरुदण्डमा गम्भीर असर परि पूर्ण रुपमा अशक्त हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँको उपचारमा समस्या भएको छ ।