Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राप्तीको झुरझुरेमा दुई ट्रक ठोक्कियो, १ को मृत्यु, दुई घाइते

राप्तीको झुरझुरेमा दुई ट्रक ठोक्कियो, १ को मृत्यु, दुई घाइते

images

इच्छाकामना न्युज

२३, भाद्र २०८०
राप्तीको झुरझुरेमा दुई ट्रक ठोक्कियो, १ को मृत्यु, दुई घाइते
images

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका-३ झुरझुरेमा आज बिहान करिब ६:२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जादै गरेको प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि ठोक्किएका हुन् ।

चालक जिल्ला नवलपुर गैडाकोट नगरपालिका-१ बस्ने ४३ वर्षको प्रकाश कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भिर घाइते भएका कुँवरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान ७:१५ बजे मृत्यु भएको पण्डितले बताए ।

उनका अनुसार प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रकका चालक जिल्ला बारा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मीको स्थानीय अस्पताल र सहचालक जिल्ला रौतहट बौधिमाई-२ बस्ने १८ वर्षको रबिन कुमार यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ | कुर्मीको अवस्था सामान्य छ भने यादवको घुंडा, धाड र हातमा चोट लागेको छ ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०८:१९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology