Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रहरी अधिकृतकै अगाडिबाट थुनुवा फरार

प्रहरी अधिकृतकै अगाडिबाट थुनुवा फरार

images

इच्छाकामना न्युज

१२, माघ २०७७
प्रहरी अधिकृतकै अगाडिबाट थुनुवा फरार
images

काठमाण्डौं, १२ माघ ।
लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन् । 
शनिबार बिहान महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६० को बस चेकजाँच गर्ने क्रममा एक हजार बढी नाइट्रोभेट, डाइजेपाम, फेनारगन र नुर्फिनसहित पक्राउ परेका सर्लाहीका मोहम्मद इल्ताज थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला भागेका हुन् ।
अनुसन्धानका क्रममा उनले पाटनमा लागूऔषधको मुख्य कारोबारी रहेको इन्स्पेक्टर सापकोटासहितको टोलीलाई बताएका थिए । त्यसपछि लागूऔषध कारोबारका नाइकेलाई खोज्दै सापकोटा इल्ताजलाई लिएर पाटन गएका थिए । तर, त्यहाँबाट प्रहरीलाई छक्याएर उनी भागेको पाइएको छ ।
इल्ताजको हत्कडीसमेत प्रहरीले खोलिदिएको पाइएको छ ।

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - १८:१४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology