Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवाह र जन्मदर्ता माग गर्दा फोनबाटै ‘तलाक’

विवाह र जन्मदर्ता माग गर्दा फोनबाटै ‘तलाक’

इच्छाकामना न्युज

२०, भाद्र २०८०
विवाह र जन्मदर्ता माग गर्दा फोनबाटै ‘तलाक’
images

सप्तरी । विवाह दर्ता र सन्तानको जन्मदर्ताको माग गर्दै आएकी एक महिला अहिले घर न घाटकी बनाइएकी छन् ।

images
images

यही दुईवटा मागका कारण वर्षौंदेखि श्रीमान्, सासू र ससुराबाट हिंसा सहन बाध्य भएकी राजविराज–२ राजदेवी चौककी २५ वर्षीया पलिया खातुन पछिल्लोपटक दुई नाबालक सन्तानसहित घर निकालामा परेकी छन् ।

सप्तरीको कञ्चनरूप नगरपालिका–२ महादेवपट्टी माइत भएकी पलियाको ५ वर्षअघि राजविराज–२ निवासी आशिकसँग विवाह भएको थियो । ‘विवाह भएपछि सुरुका दुई वर्षसम्म श्रीमान् आशिक, सासू नाजमिन, ससुरा अकबर र घरपरिवारका अन्य सबैले राम्रै व्यवहार गरे । यस अवधिमा हसान र हसनेन गरी दुई सन्तानको जन्म भयो,’ मंगलबार दुई नाबालक सन्तानसहित न्यायका लागि पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मी गुहार्न पुगेकी पलियाले विगत सुनाउँदै भनिन्, ‘विवाह दर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन पटकपटक आग्रह गर्दा हिंसामा मात्र होइन, घर निकालामा नै परें ।’

उनले विवाह दर्ता र जन्मदर्ता गराइदिन श्रीमानलाई ताकेता गर्दा घरजग्गा नै बेचेर सिरहाको लहानमा गई बसेका र त्यहीँबाट फोन गरेर ‘तलाक’ दिएको उनले सुनाइन् ।

‘अहिले दुवै छोरालाई विद्यालय भर्ना गराउन जन्मदर्ता चाहियो, जन्मदर्ताका लागि विवाह दर्ता आवश्यक प¥यो,’ पलियाले भनिन्, ‘तर, मसँग ती दुजै चिज नभएकाले विद्यालय भर्ना गराउनसमेत सकिएको छैन ।’

विवाह र जन्मदर्ताका लागि आग्रह गर्दा श्रीमान्, सासू र ससुराले यातना मात्र दिएनन्, मुस्लिम धर्म परम्परानुसार भन्दै ‘तलाक’ समेत दिएर सम्बन्ध विच्छेदको अवस्थामा पु¥याइ दिएको उनले बताइन् । ‘अब कति हिंसा सहनु ?’ पलियाले सञ्चारकर्मीसँग पीडा पोखिन् ।आजको राजधानी दैनिकमा यो समाचार छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - ०७:५६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology