Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान इच्छाकामनामा पनि सुरु

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान इच्छाकामनामा पनि सुरु

images

इच्छाकामना न्युज

१७, भाद्र २०८०
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान इच्छाकामनामा पनि सुरु
images

कुरिनटार । नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीले  जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको छ ।  सात वटै वडामा  आज  अभियानको उद्घाटन गरिएको हो । यसैक्रममा माओवादी केन्द्र वडा नम्बर ३ ले चुम्लिङटारमा  सरसफाई प्रवर्धन  सम्बन्धी कार्यक्रम गरि अभियानको सुरुवात गरेको छ ।द सेवा नेपालका अध्यक्ष श्रीेरेन्द्रप्रकाश पोखरेलले सरसफाई प्रवर्धन  बारे प्रशिक्षण दिनुभएको थियो ।  

माओवादी केन्द्रका प्रदेश सल्लाहकार गोवद्र्धन अधिकारी नेकपा माओवादी केन्द्र इच्छाकामनाका संयोजक सावित्रा सिलवाल, जिल्ला सदस्य  तुल बहादुर गुरुङ,अप्सरा  पौडेल, कृष्णप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।  यसैबिच सहिद अम्मर पाख्रिन दोर्जेकी आमा सुकमाया पाख्रिनलाई खाता ओडाएर सम्मान गरिएको थियो । 

वडा नम्बर ४ मा पनि एक कार्यक्रमकाबिच अभियानको उद्घाटन गरिएको छ।  इश्वर रेग्मिको  प्रमुख आतिथ्यता तथा वडा कमिटीका अध्यक्ष खड्क बहादुर मगरको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हो ।   जिल्ला सदस्य सम्झना खड्का सिलवाल, हरि सुनार, इन्द्र माया मगर लगायतको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०६:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology