गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगरपालिकाको भेलालाई सम्बोधन गर्न पार्टीका सभापति रवि लामिछाने र सांसद स्वर्णिम वाग्ले गोरखा आउने भएका छन् ।
गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आगामि भदौ ३० गते हुने नगरपालिकाको भेलालाई सम्बोधन गर्न उनीहरु आउन लागेको पार्टीका नगर सचिव अमृत भट्टराइले जानकारी दिए ।
भेलामा पार्टीका सभापति तथा प्रतिनिधि सभाका सांसद लामिछाने, स्वर्णिम वाग्ले, तोसिमा कार्की, पार्टीका केन्द्रिय सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, प्रदेश सदस्य तथा जिल्ला संयोजक सुवर्ण रोकाहा क्षेत्री कार्यक्रमको मुख्य वक्ता भएको उनले जानकारी दिए ।