Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तस्करीका कुखुरासहित तस्कर पक्राउ 

तस्करीका कुखुरासहित तस्कर पक्राउ 

images

इच्छाकामना न्युज

१२, माघ २०७७
तस्करीका कुखुरासहित तस्कर पक्राउ 
images

जनकपुर, १२ माघ । 
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको बोइलर कुखुरा र मोटरसाइकलसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 रातिको समयमा जनकपुरधाम उपमहानगरपालिका २५ स्थित वौहर्वा लोहना सडक खण्डवाट मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरी चौकी बौहर्वा डेवडिहाका सहायक प्रहरी नायव निरीक्षक रुद्र वहादुर आलेको कमाण्डमा खटिएको टोलीले १ सय २० केजी कुखुरा बरामद गरेको हो । 
वर्डफ्लू रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरेको हो । प्रहरीले भारतीय कुखुरा, ज १ प ७६७८ नम्वरको मोटरसाइल र तस्करी गरिरहेका जनकपुरधाम उपमानगरपालिका ७ निवासी मो.जयावुल राइनलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय जनकपुरधाममा बुझाईएको छ । 
सीमा नाकामा कोभिड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता महेन्द्र मिश्रले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :माघ १२, २०७७ सोमवार - ०९:४९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology