Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मेयर बालेन शाहको फेसबुकमा आक्रोस ‘महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु

मेयर बालेन शाहको फेसबुकमा आक्रोस ‘महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु

इच्छाकामना न्युज

१६, भाद्र २०८०
मेयर बालेन शाहको फेसबुकमा आक्रोस ‘महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । शनिबार राति उनले सामाजिक सञ्जालमा सरकारप्रति रोष प्रकट गरेका हुन् । उनले संघ सरकारलाई चेतावनी दिएका छन् । महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् ।

images

संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् । “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।

371980250_278203301629000_8140620147915167833_n.jpg

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - २२:२१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology