Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मतदाता नामावलीमा गल्ती भए माघ १६ देखि १८ गतेसम्म सच्याउन सकिने

मतदाता नामावलीमा गल्ती भए माघ १६ देखि १८ गतेसम्म सच्याउन सकिने

images

इच्छाकामना न्युज

११, माघ २०७७
मतदाता नामावलीमा गल्ती भए माघ १६ देखि १८ गतेसम्म सच्याउन सकिने
images

गोरखा, ११ माघ । तपाईले गत पुस ५ गते अघि आफ्नो नाम मतदाता नामावली लेखाउनु भएको छ ! यदी छ र तपाईको बिवरण गलत भएको छ, नाम फरक परेको छ, ठाउँ फरक छ, नागरिकता अनुसार बिवरण मिलेको छैन भने आफ्नो स्थानीय तहमै सच्याउन पाउनुहुनेछ । बिवरण ठिक भए नभएको पनि हेर्न सकिन्छ । जिल्ला निर्वाचन कार्यालय गोरखाले माघ १६ देखि १८ सम्म स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधि गर्न समय तोकेको छ । माघ १५ गते गोरखाका सबै स्थानीय तहको केन्द्रमा त्यहाँको पालिका भित्रका मतदाताको नामावली प्रकाशन गरिनेछ ।

‘मृत्यू भएकाको नाम हटाउने, बसाँई सरेर गरेकाहरुको हटाउने, दोहोरो कायम भएका वा झुटो बिवरण दिएकाहरुको हटाउने, त्रुटी भएकाहरुको संच्याउने गरी अद्यावधि हुँदैछ’ जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले भने । कार्यालयको तथ्याङ्क अनुसार दुई लाख सात सय ४६ जना मतदाता छन् । हरेक स्थानीय तहलाई त्यहाँका मतदाताको बिवरण पठाईनेछ । ‘गाउँपालिकाबाट एक, एक जना कर्मचारी बोलाएका छौँ, तालिम दिएर पठाउँछौँ’ जिल्ला निर्वाचन अधिकारी कोईरालाले भने ‘उहाँहरुले गाउँपालिकाको केन्द्रमा टाँस गर्नुहुन्छ त्यहाँबाट आएको नामावली अद्यावधि गर्न निर्वाचन आयोगमा पठाउँछौँ ।’

सरकारले आउँदो बैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न भने रोकेको छ । मतदान स्थल निर्धारण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मतदान स्थल सिफारिस समितिको बैठक बसेर छलफल गरिसकिएको जिल्ला निर्वाचन अधिकारीले बताए । हरेक नगर तथा गाउँपालिकालाई पत्राचार गर्दै निर्वाचन कार्यालयले अहिले भएको मतदान केन्द्र, स्थल थप्नुपर्ने, सार्नुपर्ने, गाभ्नुपर्ने भएर जानकारी गराउन भनेको छ । यस अघि गोरखामा दुई सय १३ मतदान स्थलमा दुई सय ८२ वटा मतदान केन्द्र थियो । स्थानीय तहबाट बिवरण प्राप्त भएपछि जिल्ला स्तरीय समितिले उक्त बिवरण थप घटन गर्न सक्ने र आयोग पठाउने निर्वाचन अधिकारी कोइरालाले बताए ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १०:५१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology