सर्लाही, ११ पौष
प्रहरीले पेस्तोलसहित सर्लाहीको कविलासीबाट एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
“उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ”, प्रहरी उपरीक्षक राठौरले भने ।
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको राससले जनाएको छ ।