Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजपनि दुई खेल हुँदै 

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजपनि दुई खेल हुँदै 

images

इच्छाकामना न्युज

११, माघ २०७७
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजपनि दुई खेल हुँदै 
images

काठमाण्डौ, ११ माघ । प्रधानमन्त्री कपपुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह ‘बी’ का दुई खेलहरु हुँदैछन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिमबीच खेल हुनेछ । दुबै खेलहरु बिहान ९ बजेबाट सुरु हुनेछ । 
यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक पुगेको छ । तर, सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन । त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको थियो । ३ खेलबाट ६ अङ्कसहित बागमती समूहको शीर्ष स्थानमा छ । लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनैपर्ने छ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खनुपर्ने छ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीले ३ खेलबाट ४ अङ्क जोडेको छ ।
यस्तै लगातार तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ । प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेलमा पराजित भएको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छन् ।प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससँग खेल्नेछ । समूह ‘ए’ बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १०:०१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology