Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

साउनमा करिब साढे ३ अर्बको राउटर आयात

साउनमा करिब साढे ३ अर्बको राउटर आयात

इच्छाकामना न्युज

१३, भाद्र २०८०
साउनमा करिब साढे ३ अर्बको राउटर आयात
images

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१को पहिलो महिना करिब साढे ३ अर्ब रुपैयाँको राउटर आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३ अर्ब ३८ करोड ५७ लाख ९७ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ४८२ यूनिट राउटर आयात भएको छ।

images
images

सरकारले राउटरबाट ६३ करोड १३ लाख ७१ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३६ करोड २२ लाख ३९ हजार रुपैयाँ बराबरको १२ लाख ९३ हजार ८९२ यूनिट आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा राउटरको आयात ९७ करोड ६४ लाख ४२ हजार रुपैयाँ अर्थात २२ प्रतिशतले घटेको छ।

साउनमा नेपालमा २० ओटा मुलुकबाट राउटर आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

चीनबाट ३ अर्ब ३१ करोड ४८ लाख १८ रुपैयाँ बराबरको ८ लाख ९५ हजार ४३३ यूनिट राउटर आयात भएको छ।

मलेसियाबाट ३ करोड ३८ लाख ८५ हजार रुपैयाँ बराबरको ३५ यूनिट राउटर आएको छ।

ताइवानबाट १ करोड ८ लाख ६ हजार रुपैयाँ बराबरको १ हजार २७५ यूनिट राउटर आयात भएको छ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०७:३५:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology