Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आमासँगै मन्दिर जादा हराएकी बालिका मृत फेला

आमासँगै मन्दिर जादा हराएकी बालिका मृत फेला

रासस

१२, भाद्र २०८०
आमासँगै मन्दिर जादा हराएकी बालिका मृत फेला
images

झापा। आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल मृत फेला भेटिएकी छिन्।

images
images

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन्। खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट ५०० मिटरको दूरीमा रहेको छ। उनको शव सोमबार अपराह्न ३ बजेतिर फेला परेको हो। बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०९:०१:१३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology