पोखरा । जनता समाजवादी पार्टी गण्डकीले प्रदेश भित्रका केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । जसपाका गण्डकी इन्चार्ज एवं संविधानसभाका सदस्य तथा पूर्व मन्त्री शिवलाल थापा मगरको अध्यक्षतामा आज बसेको प्रदेश कमिटिको बैठकले गण्डकीमा संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालनका लागि जिल्ला ईन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरुलाई तोकिएको हो ।
जसअन्तर्गत लमजुङमा देव दुरा, मनाङमा खेमजङ गुरुङ, गोरखामा रुद्र बहादुर गुरुङ, स्याङ्जामा श्याम माया पून, म्याग्दीमा छबिलाल राना, बाग्लुङमा निर्मल जि.सी., नवलपुरमा सुस्मिता थापा, पर्वतमा राजन के.सी.लाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।
यस्तै तनहुँमा खडक आले मगर र पासाङ थापा मगर, कास्कीमा धन प्रसाद तामाङ, पान बहादुर घर्ती, ज्ञानु आचार्य, सोम नेपालीलाई जिम्मेवारी तोकिएको जसपा गण्डकीले जानकारी दिएको छ ।