Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रहरी स्कुलकी शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ

प्रहरी स्कुलकी शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ

इच्छाकामना न्युज

९, भाद्र २०८०
प्रहरी स्कुलकी शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ
images

काठमाडौँ । धनगढीमा बिहीबार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ । दार्चुलाको मार्मा गाउँपालिका-६ घर भएर धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन् ।

images
images

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन् । ‘म पनि उसको हरेक कुरालाई साँचो मान्दै गए, उपहार पाए मृत्यु । सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन । बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरूको राम्रो चिताउँछु तर मैले के गरे ?’

राजेश्वरी मृत भेटिएको घटनामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उनका अनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए ।

उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन् ।

Untitled-design_20230825_185749_0000-1024x960-1.png

सुसाइड नोट -महेन्द्रनगर पोष्टबाट

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - १०:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology