बुना घिमिरे, दोलखा, १० माघ । लोकसेवा आयोगबाट लिईने परीक्षालाई मध्यनजर गर्दै दोलखाका दुई स्थानीय तहले तयारी कक्षा सञ्चालन गरेका छन् । जसले लोकसेवाको तयारी गरिरहेकालाई सहयोग पुगेको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकामा अहिले निःशुल्क लोकसेवा तयारी कक्षा सुरू भएको छ ।
आफ्ना पालिका भित्रका परिक्षार्थीलाई लक्षित गरी तयारी कक्षा सञ्चालन गरिएको हो । कालिञ्चोक गाउँपालिकाका लक्ष्मी ओलीलाई तयारी कक्षाले लोकसेवामा सजिलो बनाउने विश्वास छ । दुईपालिकाले सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा पढिरहेका छन् । पालिकाहरुले लोक सेवाका साथै शिक्षक सेवाआयोगबाट लिईने परिक्षालाई लक्षित गरि कक्षा सञ्चालनग रिरहेको भिमेश्वर नगरपालिका बरिष्ठ कार्यक्रम अधिकृत नारायणप्रसाद सेढाईले बताउनुभयो ।
दुई महिनासम्म दैनिक दुई घण्टाको दरले तयारी कक्षा सञ्चालन हुनेछ । कक्षामा पालिकाले ग्रामिण क्षेत्रका परिक्षार्थीलाई पनि सहभागि गराएको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कालिका पाठक बताउँनुहुन्छ । कालिन्चोक र भीमेश्वर बाहेक अन्य स्थानीय तहले पनि लोकसेवा तयारीका लागि बजेट विनियोजन गरेका छन् । निजामति सेवामा प्रवेश गर्ने चाहना भएका सयौंलाई स्थानीय तहले चलाएको लोकसेवा तयारी कक्षा फलदायी हुने अपेक्षा गरिएको छ ।