Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनको नारायणपुरमा अज्ञात समुहद्वारा ट्रकमा ढुङ्गा प्रहार

चितवनको नारायणपुरमा अज्ञात समुहद्वारा ट्रकमा ढुङ्गा प्रहार

images

इच्छाकामना न्युज

१०, माघ २०७७
चितवनको नारायणपुरमा अज्ञात समुहद्वारा ट्रकमा ढुङ्गा प्रहार
images

चितवन, १० माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका क्रममा चितवनमा एउटा ट्रक तोडफोट भएको छ ।
भरतपुर महानगपालिकाको नारायणपुणमा अज्ञात समूहले ट्रकमा ढुङ्गा हानेर भागेका प्रहरीले जनाएको छ । गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख ३८६३ नम्बरको ट्रकलाई मोटरसाइकलमा गीतानगरतर्फ जाँदै गरेका व्यक्तिले ढुङ्गा प्रहार गरेर भागेको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘मोटरसाइकलमा हिँडेका दुई जना व्यक्तिले ढुङ्गा हानेर भागेका भन्ने जानकारीमा आएको छ’ थापाले भने, ‘विप्लव समूहका मान्छे हुन् वा अरु नै हुन् खुलेको छैन ।’
अज्ञात समूहको ढुङ्गा प्रहारबाट ट्रकको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । ट्रकमा ढुङ्गा हान्ने व्यक्तिको खोजी भइरहेको थापाले बताए ।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १२:०४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology