नवलपुर, १० माघ ।
नवलपुरमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ।
नवलपुर (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नम्बर–८ मा रहेको भित्रको सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भएर सालको रुखमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर कावासोती नगरपालिका वडा नम्बर –३, बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती –८, बस्ने २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।