पोखरा, १० माघ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण सुरु गरेको छ। फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतको बाँकी खेलको तयारी गरिरहेको टोलीले पोखरा रंगशालामा हिजोबाट प्रशिक्षण थालेको हो ।
३५ खेलाडीसहित ४४ सदस्सीय टोलीले माघ २१ गतेसम्म प्रशिक्षण गर्नेछन् । नेपाली टोलीले यस अघि दशरथ रंगशाला र एन्फा मैदान सातदोवाटोमा प्रशिक्षण गरेको थियो । तर, महिला लिग फुटवल सुरु भएपछि नेपाली टोली तयारीका लागि पोखरा पुगेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप र चीनमा सन् २०२३ माहुने एसियन कप छनोटका लागि नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेइसँग खेल्न बाँकी छ ।