Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै 

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै 

images

इच्छाकामना न्युज

१०, माघ २०७७
प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदै 
images

काठमाण्डौ, १० माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेलहरु हुँदैछ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिम बीचको खेल बिहान ९ बजे सुरु हुनेछ । 
कर्णाली विरुद्ध मैदान उत्रदा एपीएफ लगातार तेस्रो जितको खोजीमा हुनेछ । एपीएफले यसअघिप्रदेश–१ र गण्डकीलाई हराएको थियो । समूह‘ए’ को एपीएफले २ खेलमा ४ अङ्क जोडेको छ । एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ । कर्णाली भने दोस्रो जितको खोजीमा हुनेछ । कर्णालीले ३ खेलमा २ अङ्क जोडेको छ । कर्णाली तेस्रो स्थानमा रहेको छ ।
यस्तै मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ । समूह‘बी’को लुम्बिनी २ अङ्क जोडेर तेस्रो र अङ्क विहीन सुदूरपश्चिम पुछारमा रहेको छ । 

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:३१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology