Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीमा जन्मियो अनौठो शिशु : टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म

बैतडीमा जन्मियो अनौठो शिशु : टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म

इच्छाकामना न्युज

१९, श्रावण २०८०
बैतडीमा जन्मियो अनौठो शिशु : टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म
images

बैतडी । बैतडीमा एक महिलाले असाधारण शिशु जन्माएकी छिन्। जिल्लाको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी हुन्।

images
images
लुहारले कटौपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएको अनमी रमिता जोशीले बताइन्। उनले भनिन्, 'बच्चा जन्मिने मिति भन्दा एक हप्ता पछि जन्मिएको बच्चाको टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै माथि गएको छ, थप उपचार आवश्यक छ हामीले भनेका छौँ।'

उनले थपिन् ,‘सीमाको बच्चाको जन्म जोखिमपूर्ण छ। उनको उमेर कम छ। उनी धेरै कमजोर भएकाले यस्तो बच्चा जन्मिएको हुनसक्छ। करिब दुई महिना अगाडि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठीकै थियो। गर्भमा रहँदा बच्चा एउटै ठाउँमा बसेकोले यस्तो भएको हुनसक्छ।’

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।

नवजात शिशुको थप उपचारका लागि हाडजोर्नी विशेषज्ञलाई देखाउनु पर्ने डा गुणराज अवस्थीले बताए। उनले भने, 'यो बच्चालाई समयमै हाडजोर्नी विशेषज्ञलाई देखाउन सल्लाह दिएका छौँ। कम उमेरमा विवाह गरी बच्चा जन्मेकाले यो समस्या भएको हो।'

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - ०८:३४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology