Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गुल्मीमा पक्राउपुर्जी जारी भएको दुई महिनासम्म पनि आरोपित  समातिएनन्

गुल्मीमा पक्राउपुर्जी जारी भएको दुई महिनासम्म पनि आरोपित  समातिएनन्

images

सिआईएन

१०, माघ २०७७
गुल्मीमा पक्राउपुर्जी जारी भएको दुई महिनासम्म पनि आरोपित  समातिएनन्
images

हुमाकान्त पोखरेल, गुल्मी, १० माघ । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका नारायण पाध्या शर्मा चुदालीलाई प्रहरीले अझैसम्म पनि पक्राउ गर्न सकेको छैन । 
आरोपित चुदाली विरुद्ध जिल्ला प्रहरी कार्यालय, गुल्मीमा गत मंसिर ८ गते मानव बेचविखन विरुद्धको मुद्दा दर्ता भयो । त्यसपछि पीडितको बयानका आधारमा जिल्ला अदालतले मंसिर १० गते उनको नाममा पक्राउ पुर्जी समेत जारी ग¥यो । तर, आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । 
गत कात्तिक २६ गते चुदालीले रुरुक्षेत्र गाउँपालिका– ४ बलेटक्सारकी १७ वर्षका किशोरीलाई आफ्नो घर लगेका थिए । किशोरी र चुदाली नाताले साली भिनाजु पर्छन । मंसिर १ गते भाईटिकापछि आफ्नो घर बलेटक्सार जानका लागि मोटरसाइकलमा हिँडेका थिए । तर, छत्रकोट गाउँपालिकाको चोयघामा एक प्रकारको पेय पदार्थ खान दिएर गोरखपुर पु¥याएको पीडितको बयानमा उल्लेख गरिएको छ । बालिकालाई गोरखपुरको राजहोटलमा ५ दिनसम्म करणी गरेको तथा बन्धक बनाएर राखेको पीडितको निवेदनमा उल्लेख गरिएको छ । शर्मा विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ । 

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:२१:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology