Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाको पार्टी कार्यालय तत्काल नभत्किने, महानगरले दियो २१ दिनको समय

राप्रपाको पार्टी कार्यालय तत्काल नभत्किने, महानगरले दियो २१ दिनको समय

इच्छाकामना न्युज

१५, श्रावण २०८०
राप्रपाको पार्टी कार्यालय तत्काल नभत्किने, महानगरले दियो २१ दिनको समय
images

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल राप्रपाको धुम्बाराहीस्थित पार्टी कार्यालय नभत्काउने भएको छ ।महानगरपालिकाले राप्रपाले लिखित रुपमा २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यसलाई स्वीकारेको हो ।

images
images

काठमाडौँ महानगरपालिकाका प्रहरी बल प्रमुख राजु पाण्डेले राप्रपाले २१ दिनको समय माग गरेर लिखित रुपमा पत्र दर्ता गरेसँगै सो अवधिका लागि पर्खिने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । 

‘हामीले यसअपघि नै सार्वजनिक सूचना जारी गरेका हौँ । सोहीअनुसार हामीले ३ दिनअघि माइकिङ गरेर कार्यालय हटाउन भनेका हौँ’, उनले भने, ‘तर उहाँहरुले मान्नु भएन । आज भत्काउनै भनेर गएपनि राप्रपाले २१ दिनको समय मागेर पत्राचार गरेसँगै त्यतिसमय पर्खिने भएका छौँ ।’

 अबको २१ दिनमा पनि पार्टी कार्यालय नहटाएर महानगरपालिकाले २२ औँ दिनमा डोजर चलाउने पाण्डेले स्पष्ट गरे ।

राप्रपाका मुख्यसचिव केदार बहादुर अधिकारीले मेयर बालेन शाहलाई सम्बोधन गरेर दर्ता गराएको पत्रमा भनिएको छ, ‘महानगरपालिकाको सूचना बमोजिम घर खाली गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २१ दिनभित्र घर खाली गरी महानगरपालिकालाई जानकारी गराउने निर्देशानुसार अनुरोध गर्दछु ।’ 

त्यसको बोधार्द जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत दिइएको छ । 

महानगरपालिकाले यसबारे निर्णय गरेपनि राप्रपालाई जानकारीसहितको पत्र मंगलबार पठाउने बताइएको छ । 

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - २०:३६:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology