चितवन, १० माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको बताएको छ। केहीदिन उल्लेखनीय मौसमी प्रणाली नभएपनि हिजो साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको तथा तराईमा हुसु÷कुहिरो लागेको छ। यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै आज रातीसुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।