Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

स्वादिलो खीर कसरी पकाउने ?

स्वादिलो खीर कसरी पकाउने ?

इच्छाकामना न्युज

१५, श्रावण २०८०
स्वादिलो खीर कसरी पकाउने ?
images

काठमाडौं । आज साउन १५ । नेपालमा आजको दिनलाई खीर खाने पर्वका रूपमा मनाइन्छ । धेरैले खीर पकाएको र खाएको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

images
images

नेपालीले रुचाउने परिकारभित्र पर्छ खीर । दूध र चामलबाट बनाइने यो गुलियो परिकार पकाउन भने ढंग पुर्‍याउनैपर्छ । ढंग नपुगे परिश्रम मात्रै खेर जान्छ । ‘दूधमा चामल हाल्ने त हो नि’ भनेर सोच्छन् धेरैले । तर, स्वादिलो खीर बनाउन त्यति सजिलो छैन ।

यहाँ हामी मिठो खीर पकाउनका लागि तपाईंलाई आवश्यक टिप्स दिन गइरहेका छौंः

आवश्यक सामाग्री

चामल, दूध, चिनी, तेजपत्ता, काजु, बदाम, किसमिस, सुकेको नरिवलको टुक्रा, दालचिनी, पकाउनका लागि बाक्लो भाडो

पकाउने तरिका

खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।

यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।

खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।

चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।

चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् । एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् ।

यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।

खीरसँग आलुको अचार

खीरका साथमा तपाईंलाई नुनिलो परिकारको पनि आवश्यकता पर्छ, अन्यथा दुई-चार गाँसमै अमन हुन्छ । खीरको सहायक परिकारका रूपमा आलुको भुजिया र आलुको अचार सबैभन्दा उत्तम मानिन्छ ।

अचार भन्नसाथ हामीलाई मुखमा पानी आइहाल्छ । र, सम्झन्छौं जिब्रोमा झुण्डिने ट्वाक्क परेको अमिलो र पीरो अचार । हामीले खाने खीरसँग आलुको अचार पनि भयो भने सुनमा सुगन्ध हुन्छ ।

आलुको अचार बनाउन चाहिने सामग्री

आलु, काँक्रो, गाजर, हरियो कोसा वा सुकेको केराउ भिजाएको, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ, तिलको छोप, मेथी, लसुन, जिरा, नुन (स्वाद अनुसार), बेसार । छोपका लागि तिल, सिलाम, आलस प्रयोग गर्न सकिन्छ ।

तिललाई केहीबेर भुट्ने र त्यही प्यानमा अलिकति जिरा र सुकेको खुसार्नी पनि भुट्नुस । त्यसपछि तिल, खुसार्नी र जिरा ओखलमा वा मिक्सचरमा पिसेर धुलो बनाउनु पर्छ ।

बनाउने तरिका

उसिनेको आलुलाई राम्ररी मिच्ने, हरियो काँक्रो र गाजरलाई सानो सानो टुक्रामा मसिनो गरी काट्ने । र, एउटा कचौरा वा भाँडोमा केराउ, काँक्रो, आलु र गाजर हालेर मोल्ने । अनि स्वादअनुसार नुन हाल्ने र राम्ररी चलाउने ।

यसरी बनाएको अचारमा तिलको छोप र खुर्सानी पनि हाल्दिनुहोस् । अब अचार झान्नुपर्छ । अचार झान्नका लागि एउटा प्यानमा तेल तताउने र त्यसमा मेथीलाई कालो हुन्जेलीसम्म फुराउनु पर्छ । फुराएको मेथीमा वेसार हाल्दिनुहोस् । अब मेथीसहितको तातो तेलमा हरियो धनियाँ राखेर अघि तयार गरेको अचारमा झान्नुहोस् । यसरी तेल र मेथीले अचार झानीसकेपछि राम्ररी फेरी चलाउनुहोस् ।

अब खीरका लागि अचार तयार भयो । स्वादिष्ट खीरसँगै अचार छेउमा राखेर मिठो मानी-मानी खानुहोस् ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - ०८:३५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology