काठमाण्डौ, १० माघ । ‘भिजनएक्सिलेन्स अवार्ड २०२०’ बाट नेपालका तीन जना आँखारोग विशेषज्ञ सम्मानित भएका छन् । इन्टरनेसनलएजेन्सी फर प्रिभेन्सनअफ ब्लाइन्डनेस (आईएपीबी)ले हरेक वर्ष प्रदानगर्दै आएको ‘भिजनएक्सिलेन्स अवार्ड २०२०’ बाट आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, नेपाल आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा.डा.रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेल सम्मानित हुनु भएको हो ।
आँखा स्वास्थ्य क्षेत्रमा खटिएका सय जना व्यक्तित्वमा ३ जना नेपालबाट परेका छन् । तिलगंगा अस्पतालको संस्थापक रहनुभएका डा. रुइत मोतिबिन्दु शल्यक्रियाका लागि प्रख्यात हुनुहुन्छ । डा. रुइतलाई यस वर्षको मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम)’ पदकबाट पनि विभूषित गरिँदैछ । आँखा अस्पतालका अध्यक्ष डा.पोखरेलले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु्¥याउनुभएको छ भने नेत्रज्योति संघका संस्थापक डा. पोखरेल ‘आँखाबा’को रुपमा चिनिनुहुन्छ ।
हिजो त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले तीनै जनालाई सम्मान गर्नुभएको हो ।