Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बढ्यो गोलभेँडाको मूल्य, कति पुग्यो ?

बढ्यो गोलभेँडाको मूल्य, कति पुग्यो ?

images

इच्छाकामना न्युज

१२, श्रावण २०८०
बढ्यो गोलभेँडाको मूल्य, कति पुग्यो ?
images

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोलभेँडाको मूल्य हिजोको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी आज १०० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज स्थिर रहेर ३५ रुपैयाँ नै कायम छ । रातो आलु ४८ रुपैयाँ र भारतीय रातो आलुको न्यूनतम मूल्य ३६ रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्यूनतम मूल्यमा बिक्री भइरहेको छ । यस्तै गाँजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ ।

घिउ सिमी लोकल २५, मूला रातो ३०, मूला सेतो लोकल २०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, भटमासकोशा ८०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ २००, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, कुरीलो २५० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, प्याज ८० रुपैयाँ न्यूनतम  मूल्य रहेको छ ।

फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागतीको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी १४० रुपैयाँमा बिक्री भइरहेको छ ।

अनार ३०० रुपैयाँ न्यूनतम मूल्यमा पाइने छ । आँप मालदह १५०, अंगुर कालोको ५०० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ न्यूनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - ०९:१०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology