Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मृगौला पिडित कालिकाका राजन शर्माको उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल

मृगौला पिडित कालिकाका राजन शर्माको उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल

images

इच्छाकामना न्युज

११, श्रावण २०८०
मृगौला पिडित कालिकाका राजन शर्माको उपचार खर्च जुटाउन नसकेपछि सहयोगको अपिल
images

चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । 

२०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुवै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिनुभयो । आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउदै उहाँले टिनको टहरो बाहेक आफुसंग केही नभएकोले छोराको उपचारको लागि सहयोग जुटाउन अपिल गरेको जानकारी दिनुभयो । 

आर्थिक अभावका कारण छाक टार्न समस्या परिरहेको समयमा छोराको उपचारको लागि परोपकारी दाताहरुसंग सहयोग माग्नुको विकल्प नभएको उहाँले बताउनुभयो । श्रीमान भारतमा समान्य रोजगारीमा भएपनि आफुले गाउँघरमै ज्याला मजदुरी गरेर घर चलाउदै आएको उहाँले बताउनुभयो । 

१८ बर्षको छोराको मृगौला प्रत्यारोपण गरी पुनरजीवन दिनको लागि कसैले गरेको सहयोग आफुहरुलाई जीवनदान सरह हुने बताउदै उहाँले सवैसंग सहयोगको अपिल गर्नुभएको छ । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका उहाँको मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको परिवारले जनाएको छ । डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न  खर्चकै कारण समस्या भएको परिवारले बताएको छ ।

उपचारमा सहयोग गर्नका लागि  मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा ९८४५४४५७१४ । 

 

 

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - २१:०२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology