Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अख्तियारको टोली आएको थाहा पाएपछि घुस लिने इन्जिनियर पर्खाल नाघेर फरार, रित्तो हात फर्कियो टोली

अख्तियारको टोली आएको थाहा पाएपछि घुस लिने इन्जिनियर पर्खाल नाघेर फरार, रित्तो हात फर्कियो टोली

इच्छाकामना न्युज

५, श्रावण २०८०
अख्तियारको टोली आएको थाहा पाएपछि घुस लिने इन्जिनियर पर्खाल नाघेर फरार, रित्तो हात फर्कियो टोली
images

सप्तरी । सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको थियो । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।

images
images

टोली पुग्ने सूचना पाएसँगै कार्यालयका सबै कर्मचारीहरू फरार भएपछि अख्तियार रित्तो हात फर्कनु परेको छ । आयोग इटहरीको टोलीले उक्त कार्यालयको पूर्वी पट्टीको गल्लीमा फालिएको अवस्थामा नगद र चेक फेला पारेको छ । घुस लिएको इकाईका कर्मचारी सब–इन्जिनियर अजय कुमार साफीले पर्खाल नाघी भाग्ने क्रममा उक्त रकम र चेक फालेको आयोगको दाबी छ ।

सिराहाको नवराजपुर गाउँपालिका –१ स्थित जनता आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भए पनि भुक्तानी लिने क्रममा घुस मागेका थिए । घुस बापत ५५ हजारको चेक तथा १५ हजार नगद रकम दिएको उपभोक्ता समितिका एक सदस्यले जनायो ।

नौ लाखको काममा १० प्रतिशत घुस मागेपछि उपभोक्ताहरूले आयोगलाई जानकारी गराएका थिए । यस विषयमा बुझ्न खोज्दा कार्यालयका प्रमुख दुनियाँ लाल यादवले कुनै प्रतिक्रिया दिन मानेनन् ।

images
प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १०:१४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology