काठमाण्डौ, ९ माघ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा टुंगिएको छ । संवैधानिक इजलासमा आज रिट निवेदकका तर्फबाट रिट निवेदक समेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।
रिट निवेदन माथिको सुनुवाईले पर्सि आइतबार निरन्तरता पाउने छ । रिट निवेदकका तर्फबाट तीन सय भन्दा बढि कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।