Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्तावदर्ता  

बाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्तावदर्ता  

images
बाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेल विरूद्ध अविश्वासको प्रस्तावदर्ता  
images

हेटौडा, ९ माघ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । 
प्रदेशसभाको बैठकमा प्रचण्ड–माधब समूहका सांसद तथा पूर्व उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले अविश्वासको प्रस्ताव पेस गर्नुभयो । तीनवर्षको अवधिमा मुख्य मन्त्रीपौडेलले जनताको हितमा अपेक्षाकृत ढंगले काम गर्न नसकेका कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँले बताउनुभयो । कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको पनि बताउनुभयो । सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको पनि नेपालले बताउनुभयो । 
प्रदेशसभाको अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने छ । अविश्वासको प्रस्ताव माथि अब बस्ने प्रदेशसभाको बैठकमा छलफल अगाडि बढ्ने छ ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १८:०६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology